वेल्सबाट विश्वकप खेल्नु मेरो सपना : गारेथ वेल <p>काठमाडौं। वेल्सका कप्तान गारेथ वेलले विश्वकप छनोट आफ्नो महत्त्वकांक्षी सपना रहेको र त्यसका लागी यो अन्तिम मौका हुनसक्ने बताएका छन्।&nbsp;</p> <p>२०२२ कतार विश्वकप छनोटको सुरुवात विश्व नम्वर एक टिम बेल्जियमसँग आज खेल्दै छ।&nbsp;</p> <p>&ldquo;विश्वकपमा वेल्सका लागी खेल्नु निकै ठूलो र खुशीको कुरा हुनेछ, यो मेरा लागि सपना हो&rdquo;, वेल्सका कप्तानले भने।</p> <p>वेल्सले पछिल्लोपटक १९५८ को विश्वकपमा स्थान बनाएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्