बंगलादेश र कीर्गिस्तानको यू–२३ टिम भिड्ने, रंगशाला छिर्न मास्क अनिवार्य
<p>काठमाडौं। एन्फाले आयोजना गरेको त्रिदेशीय खेलको पहिलो दिन आज बंगलादेश र कीर्गिस्तानको यू–२३ टिमले प्रतिस्पर्धा गर्नेछन्। </p>
<p>खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ। उद्घाटन युवा तथा खेलकुद मन्त्री दावा लामाले गर्नेछन्। </p>
<p>कोभिड–१९ संक्रमण जोखिमका कारण एन्फाले रंगशाला प्रवेशका लागि तापक्रम नाप्ने, सेनिटाइजर प्रयोग गर्ने, सामाजिक दुरि कायम गर्ने र मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
