लुकाकुको कोरोना रिपोर्ट नेगेटिभ, विश्वकप छनौट खेल्नसक्ने
<p>काठमाडौं। इटालियन क्लब इन्टर मिलानका स्ट्राइकर रोमेलु लुकाकुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । </p>
<p>इन्टर मिलानका खेलाडी र पदाधिकारीलाई कोरोना संक्रमण देखिएपछि गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएपछि विश्वकप छनोट अन्तर्गत बेल्जियमबाट खेल्ने सम्भावना बढेको छ । </p>
<p>बेल्जियमले विश्वकप २०२२ को छनौट चरण बुधबार सुरु गर्दैछ । बेल्जियमले आगामी शनिबार चेक गणतन्त्र र मंगलबार बेलारुससँग खेल्दैछ ।</p>
प्रतिक्रिया दिनुहोस्
