इमानको निर्णायक गोलमा खालीबारी विजयी <p>काठमाडौं। शहीद स्मारक &lsquo;सी&rsquo; डिभिजन लिगमा खालीबारी युथ क्लबले मनोहरा युनाइटेड क्लबलाई १&ndash;० ले पराजित गरेको छ।</p> <p>खालीबारीका इमान लामाले निर्णायक गोल गरे। जितसँगै खालीबारी लिगको छैटौं स्थानमा उक्लिएको छ।&nbsp;</p> <p>खालीबारी लिगका तीन खेलमध्ये दुईमा विजयी र एकमा पराजित भएको छ।&nbsp;</p> <p>मनोहरा लिगमा छ अंकसहित चौथो स्थानमा रहेको छ। मनोहरा तीन खेलमध्ये दुईमा विजयी र एक खेलमा पराजित भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्