सेरेनाले मियामी ओपन नखेल्ने <p>काठमाडौं। पूर्व विश्व नम्बर एक सेरेना विलियम्सले मियामी ओपन टेनिसबाट नाम फिर्ता लिएकी छिन्।&nbsp;</p> <p>२३ पटकको ग्राण्ड स्लाम विजेता सेरेनाले मुखको शल्यक्रिया गरेका कारण प्रतियोगिताबाट नाम फिर्ता लिएकी हुन्। ३९ वर्षीय सेरेना मियामी ओपनमा आठ पटकको च्याम्पियन हुन्।</p> <p>यसअघि पुरुषतर्फ विश्व नम्बर एक नोभाक जोकोभिच, रोजर फेडेरर, राफेल नाडाल र नोमिनिक थिएमले मियामी ओपनबाट नाम फिर्ता लिइसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्