मिलानको जितमा इब्राहिमोभिचको गोल <p>काठमाडौं। एसी मिलानले इटालियन सिरी &lsquo;ए&rsquo; को संघर्षपूर्ण खेलमा फियोरेन्टिनालाई ३&ndash;२ ले पाराजित गरेको छ।&nbsp;</p> <p>मिलानले ज्लाटन इब्राहिमोभिचको गोलबाट नवौं मिनेटमा अग्रता लिएको थियो। १७औं मिनेटमा इरिक पुलगारले १७औं मिनेटमा बराबरी गोल फर्काए।&nbsp;</p> <p>फ्रांक रिबेरीको गोलबाट ५१औं मिनेटमा फियोरेन्टिनाले अग्रता लियो। ५७औं मिनेटमा मिलानका ब्राहिम डियाजले बराबरी गोल फर्काए। ७२औं मिनेटमा हकन काल्हानोग्लुले गरेको गोल मिलानको जितमा निर्णायक बन्यो।&nbsp;</p> <p>२८ खेलबाट ५९ अंक जोडेको मिलान दोस्रो स्थानमा छ। शीर्ष स्थानको इन्टर मिलानभन्दा ६ अंकले पछाडि हो।</p>
प्रतिक्रिया दिनुहोस्