फ्रेन्च लिग वानमा एमबाप्पेको कोसेढुंगा, कम उमेरमा पूरा गरे १०० गोल <p>काठमाडौं। केलियन एमबाप्पे फ्रेन्च लिग वानमा सबभन्दा सानो उमेरमा १०० गोल पूरा गर्ने खेलाडी बनेका छन्।&nbsp;</p> <p>गएराति पीएसजीले लियोनलाई ४&ndash;२ ले पराजित एमबाप्पेले दुई गोल गरेका थिए।&nbsp;</p> <p>यसअघि १९६९ मा हेर्भे रेभेलीले २३ वर्ष पाँच महिनामा १०० गोल गर्दै कीर्तिमान बनाएका थिए। उक्त कीर्तिमान २२ वर्षे एमबाप्पेले तोडेका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्