एफए कपको सेमिफाइनलमा चेल्सी र सिटी भिड्ने
<p>काठमाडौं। आठ पटकको विजेता चेल्सीले एफए कपको सेमिफाइनलमा म्यानचेस्टर सिटीविरुद्ध खेल्ने भएको छ। अर्को सेमिफाइनलमा लेस्टर सिटीले साउथह्याम्पटनविरुद्ध खेल्नेछ। </p>
<p>आइतबार निकालिएको ‘ड्र’ अनुसार चेल्सीले सिटीलाई प्रतिद्वन्द्वी पाएको हो। गत सिजनको फाइनलमा आर्सनलसँग पराजित चेल्सीले वेम्बलीमा १७ अप्रिलमा खेल्नेछ। </p>
<p>सोही मैदानमा लेस्टरले १८ अप्रिलमा खेल्नेछ। फाइनल खेल बवेम्बलीमै १५ मेमा हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्
