स्वारेजको ५०० औं करियर गोल <p>काठमाडौं। लुइस स्वारेजले करियरमा ५००औं गोल गरेको दिन एट्लेटिको मड्रिडले डेपोर्टिभो अलाभेसलाई १&ndash;० ले पराजित गरेको छ।&nbsp;</p> <p>जितसँगै एट्लेटिकोले स्पेनिस ला लिगाको शीर्ष स्थानमा चार अंकको अग्रता कामय राखेको छ। ३४ वर्षे स्वारेजले ५४औं मिनेटमा गोल गरेका थिए।&nbsp;</p> <p>एट्लेटिकोमा स्वारेजको यो १९औं गोल हो। उनले बार्सिलोनामा १९८ तथा लिभरपुलमा ८२ गोल गरेका थिए। उरुग्वेबाट उनले ६३ गोल गरिसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्