बार्सिलोनामा मेस्सीको कीर्तिमान
<p>काठमाडौं। लियोनल मेसीले बार्सिलोनाबाट सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन्। मेस्सीले गएराती ला लिगामा दुई गोल गर्दै कीर्तिमान ७६८औं खेललाई सुखद बनाए। </p>
<p>अर्जेन्टिनाका ३३ वर्षे मेस्सीले पूर्व मिडफिल्डर जाभी (७६७) को कीर्तिमान तोडेका हुन्। मेस्सीले बार्सिलोनाबाट ६६३ गोल गरिसकेका छन्। </p>
<p>स्पेनिस ला लिगमा मेस्सी सबभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। दोस्रो स्थानमा रहेका क्रिष्टियानो रोनाल्डोले ३११ गोल गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
