चेल्सी एफए कपको सेमिफाइनलमा <p>काठमाडौं। आठ पटकको विजेता चेल्सीले आइतबारराति शेफिल्ड युनाइटेडलाई २&ndash;० ले पराजित गर्दै एफए कपको सेमिफाइनलमा स्थान बनाएको छ।&nbsp;</p> <p>चेल्सीले २४ औं मिनेटमा ओलिभर नोरउडको आत्मघाती गोलबाट अग्रता लिएको थियो। बेन चिलवेलको क्रसलाई क्लियर गर्नेक्रममा नोरउडले आत्मघाती गोल गरेका थिए । चेल्सीका लागि दोस्रो गोल हाकिम जियाचले चिलवेलकै पासमा गरे ।&nbsp;</p> <p>यसअघि म्यानचेस्टर सिटी र साउथह्याम्पटनले सेमिफाइनलमा स्थान बनाइसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्