नेपालगन्ज। कैलालीको स्टार सिटी युवा क्लब कैलाली र बागमती प्रदेशको धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शनिबार जित हासिल गरेका छन्।
शनिबार नेपालगञ्ज रंगशालामा स्टार सिटीले घरेलु टोली धम्बोझीलाई ३–१ ले पराजित गरेको छ। यसै गरी अर्को खेलमा धादिङले प्रदेश २ को मनकामना युवा क्लबलाई ३–० ले हरायो।
जितसँगै लगातार तीन खेल जित्दै स्टार सिटी लिग अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। स्टारले लगातार तिन खेल्दै नौ अंक जोड्न सफल भएको छ। दुई खेल जितेर ६ अंक जोडेको धादिङ लिगको दोस्रो स्थानमा उक्लिएको छ। धम्बोझी र धादिङको समान छ अंक भए पनि गोल भिन्नताको आधारमा धादिङ दोस्रो स्थानमा पुगेको हो। यसै गरी लिगमा मनकामनाले भने लगातार तीन खेल हार्न पुगेको छ।
शनिबार स्टार सिटीको जितमा टोपबहादुर विष्टले आठ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। स्टारका लागि रुपबहादुर लामाले ४१ औँ मिनेट र दिपकराज सिंह ठकुरीले ६६ औं मिनेटमा गोल गरेका थिए। धम्बोझीको तर्फबाट बिसन गुरुङले ६१ औँ मिनेटमा सान्त्वना गोल गरेका थिए। खेलमा स्टार सिटीका रुपबहादुर लामा म्यान अफ द म्याच घोषित भए। उनलाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले पुरस्कृत गरेका थिए।
जितपछि कैलालीका प्रशिक्षक ललित चन्दले च्याम्पियन बन्ने हौसला बढ्दै गएको बताए। उनले भने, “अहिले नै च्याम्पियन बन्न सहज त छैन तर हामीले आज लिगको बलियो टोलीलाई हराएको छौँ। हाम्रो बेन्च खेलाडी पनि बलियो भएको आज प्रमाणित भएको छ। यसले टिम थप बलियो भएको छ।”
नयाँ र पुराना खेलाडीको समन्वय मिल्दै गएकोले टोली स्तर थप सुधार हुँदै गएको प्रशिक्षक चन्दले बताए।
धम्बोझीका प्रशिक्षक रवीन्द्र श्रेष्ठ सुरुआतमा गोलकिपरको गल्तीको कारण खेल बिग्रिएको बताए। उनले भने, “सुरुआतमै हामीले ‘सिल्ली’ गोलको सामना गर्न पर्यो। त्यसले टिमको रिदम बिग्रियो। हामीले लगातार तिन खेल गर्मीमा खेलेको छौँ, त्यसले पनि खेलमा असर गरेको छ।”
आफ्नो टोलीको तुलनामा विपक्षीले शनिबार राम्रो खेलेको प्रशिक्षक रबिन्द्रले प्रतिक्रिया छ।
शनिबार भएको दोस्रो खेलमा धादिङको जितमा शिशिर लेखीले २५ औं मिनेट, विजय भुजेलले ६८ औं र कप्तान रबि भण्डारीले ८७ औं मिनेटमा गोल गरेका थिए। खेलमा धादिङका शिशिर लेखी म्यान अफ द म्याचबाट पुरस्कृत भए। उनलाई नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले पुरस्कृत गरेका थिए।
जितपछि धादिङ समाजका प्रशिक्षक दिपक रानाले जितपछि शीर्ष चारमा पर्ने सम्भावना कायमै रहेको बताए। उनले भने, “सुरुआतको खेलमा रेफ्रीको गल्तीका कारण हाम्रो रिजल्टमा असर गरेको थियो तर अहिले टिमको समन्वय मिल्दै गएको छ। पहिलो रोजाइका खेलाडी नभए पनि नतिजा राम्रो आएको छ। बाँकी खेल जित्न सके हामी राष्ट्रिय लिगका लागि छनोट हुन सक्छौँ।”
आगामी तीन खेलमा स्टार सिटीविरुद्धको खेल निकै महत्त्वपूर्ण हुने प्रशिक्षक रानाले बताए।
मनकामनाका प्रशिक्षक श्यामसुन्दर सिंहले पाएको अवसरमा गोल गर्न नसक्दा धादिङ विरुद्धको खेल हार्नु परेको प्रतिक्रिया दिए। उनले भने, “हामीले आफै धेरै गल्ती गरेका छौँ। गोल गर्नको लागि उनीहरूलाई अवसर मिलाइदिने काम भएको छ। त्यसले पनि विपक्षी टिमलाई फाइदा भयो।”
प्रतियोगिताको लागि तयारी निकै कम हुँदा पनि खेल राम्रो हुन नसकेको उनले प्रतिक्रिया दिए। अबको खेलमा जित्नुबाहेक अन्य कुनै विकल्प आफूहरूसँग नभएको प्रशिक्षक श्यामले बताए।
चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश १ को सैनिक फुटबल क्लब झापा, प्रदेश २ को मनकामना युवा क्लब रौतहट, बागमती प्रदेशको धादिङ समाज धादिङ, गण्डकी प्रदेशबाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, कर्णाली प्रदेशको लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताको विजेताले १० लाख रूपैयाँ र उपविजेता टोलीले ५ लाख रूपैयाँ पाउनेछन्।
अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो, एन्फा प्रेसिडेन्ट लिग। यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन्।
" /> नेपालगन्ज। कैलालीको स्टार सिटी युवा क्लब कैलाली र बागमती प्रदेशको धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शनिबार जित हासिल गरेका छन्।शनिबार नेपालगञ्ज रंगशालामा स्टार सिटीले घरेलु टोली धम्बोझीलाई ३–१ ले पराजित गरेको छ। यसै गरी अर्को खेलमा धादिङले प्रदेश २ को मनकामना युवा क्लबलाई ३–० ले हरायो।

">