काठमाडौँ। काठमाडौं महानगरपालिका-२५ का अमरलाल मल्ल र ललितपुर महानगरपालिका-१२ की इभाना थापाले भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्।
अमर पुरुष तथा इभाना महिला सिंगल्स टेबलटेनिसमा पहिलो भए। दुवै स्पर्धामा शीर्ष १६ वरीयताका खेलाडीले खेल्न पाउने प्रावधान थिएन।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा अमरले विराटनगर ३ का बोधित डिसीलाई ११-५, १२-१०, ११-७, ६-११, १-११ र १३-११ को सेटमा पराजित गरे। धरान २ का महावीर जैशवाल र भक्तपुर ५ का राजीव चिकन्बन्जर संयुक्त रुपमा तेश्रो भए।
भ्याली कन्स्ट्रक्सनको मुख्य प्रायोजनमा स्पिन इभेन्ट प्रा.लि.द्वारा आयोजित प्रतियोगिताको महिला उपाधि भिडन्तमा इभानाले सिलिचोङ गाउँपालिका ४ की वियन्का राईलाई ८-११, ११-९, ११-७, १२-१० र १२-१० को सेटमा हराइन्। काठमाडौं २ की सुभश्री श्रेष्ठ र भक्तपुर ५ की दिया देउला तेश्रो भए। पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पर्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार हात पारे।
प्रतियोगितामा विराटनगर तीन समग्रमा टिम च्याम्पियन बन्यो। दुई स्वर्ण र दुई रजत जितेको विराटनगर ३ ले आकर्षक रनिङ शिल्डसहित ५० हजार नगद पुरस्कार हात पार्यो।
विभिन्न ६ स्पर्धा समावेश प्रतियोगिताको पुरुष ४० वर्षमाथि भेट्रान सिंगल्समा विराटनगर ३ का राजेश भट्टराई पहिलो र विकेन थापा दोश्रो तथा काठमाडौँ-३२ का नरेश रावल र बूढानीलकण्ठ-१२ का कपुर शर्मा पौडेल तेश्रो स्थानमा रहे। सोही स्पर्धाको ५५ वर्षमाथि धरान-१२ का राजन सुब्बाले स्वर्ण, ललितपुर-१६ का प्रकाश धाक्वाले रजत तथा काठमाडौँ-३१ का विनयकुमार सिंह र ललितपुर-११ का सरदमान श्रेष्ठले कांस्य जिते।
दुवै उमेरसमूहका विजेताले १० हजार, उपविजेताले पाँच हजार र तेश्रोले दुई हजार पाँच सय नगद पुरस्कार पाए।
पुरुष टिम इभेन्टमा विराटनगर-३ पहिलो, धरान-९ दोश्रो तथा ललितपुर-१९ र धरान-१२ तेश्रो बने। महिला टिममा भक्तपुर-५ पहिलो, भक्तपुर-२ दोश्रो तथा काठमाडौँ-२ र ललितपुर-१२ तेश्रो स्थानमा रहे।
" /> काठमाडौँ। काठमाडौं महानगरपालिका-२५ का अमरलाल मल्ल र ललितपुर महानगरपालिका-१२ की इभाना थापाले भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्।अमर पुरुष तथा इभाना महिला सिंगल्स टेबलटेनिसमा पहिलो भए। दुवै स्पर्धामा शीर्ष १६ वरीयताका खेलाडीले खेल्न पाउने प्रावधान थिएन।

">