काठमाडौं। अन्जन लिम्वुले ह्याट्रिक गरेपछि शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज मनोहरा युनाइटेड क्लबले सानो गौचरन युथ क्लबलाई ३-१ को पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा २६ औँ मिनेटमा आकाश श्रेष्ठको गोलबाट सानो गौचरनले अग्रता लिएको थियो। आकाशले मैदानको मध्य भागमा पाएको फ्रिकिकलाई उत्कृष्ट रूपमा पोष्टको दिशा दिएका थिए तर सानो गौचरनको अग्रता धेरैबेर टिकेन।
खेलको ४३ औँ मिनेटमा अन्जनले गरेको गोलबाट मनोहरा बराबरीमा फर्किएको थियो। त्यसपछि ७२ औँ मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गरेका थिए। त्यसको दुई मिनेटपछि नै गोल गर्दै अन्जनले ह्याट्रिक पूरा गरेका थिए।
जितसँगै मनोहरा छ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ। मनोहरा लिगका दुई खेलमध्ये दुवैमा विजयी भएको छ।
लिगका दुईमध्ये दुवैमा पराजित भएको सानो गौचरन अंक तालिकाको तेह्रौँ स्थानमा रहेको छ।
" /> काठमाडौं। अन्जन लिम्वुले ह्याट्रिक गरेपछि शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज मनोहरा युनाइटेड क्लबले सानो गौचरन युथ क्लबलाई ३-१ को पराजित गरेको छ।सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा २६ औँ मिनेटमा आकाश श्रेष्ठको गोलबाट सानो गौचरनले अग्रता लिएको थियो। आकाशले मैदानको मध्य भागमा पाएको फ्रिकिकलाई उत्कृष्ट रूपमा पोष्टको दिशा दिएका थिए तर सानो गौचरनको अग्रता धेरैबेर टिकेन।

">