काठमाडौँ। नेपाल सुपर लिगका लागि भएको अक्सनमा आज आठ खेलाडी सबभन्दा धेरै मूल्यमा अनुबन्धित भएका छन्।
नेपाललाई १३ औँ सागमा स्वर्ण पदक जिताउन सफल कप्तान सुजल श्रेष्ठ, गोलकिपर दीप कार्की, विशाल सुनुवार, मिडफिल्डर तेज तामाङ, सुनिल बल, एरिक विष्ट, रक्षक विकास खवास, दिनेश राजवंशी सबभन्दा महँगो रकममा बिक्री भएका हुन्।
आठै खेलाडी दुई लाख मूल्यमा अनुबन्ध भएका हुन्। सुनिललाई विराटनगर, सुजल र दीपलाई पोखरा, तेजलाई काठमाडौँ तथा विशाल र विकासलाई चितवनले, दिनेशलाई धनगढी र एरिकलाई ललितपुरले अनुबन्ध गरेको हो।
तेजलाई ललितपुरबाहेक सबै टिमले अधिकतम मूल्यमा बोली लगाएका थिए। विशाललाई पोखरा, चितवन र ललितपुरले बोली लगाएका थिए। सुनिल बललाई चितवन, काठमाडौं र धनगढीले बोली लगाएका थिए।
त्यस्तै, दीप कार्कीलाई पोखरा, ललितपुर र विराटनगरले बोली लगाएका थिए। एरिक विष्टलाई ललितपुर र पोखराले अधिकतम बोली लगाएका थिए।
सुजललाई पोखरा, धनगढी, लुम्बिनी, बुटवल र विराटनगरले अधिकतम मूल्यमा बोली लगाएका थिए। विकासलाई विराटनगर, ललितपुर, चितवन र धनगढीले बोली लगाएका थिए। दिनेशलाई धनगढी र ललितपुरले अधिकतम मूल्य लगाएको थियो।
राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन, रिजेन सुब्बा, जर्ज प्रिन्स कार्की, रवि पासवान, जुमानु राई, सुवास गुरुङ, हेमन्त थापामगरलाई आजको अक्सनमा कुनै पनि टिमले बोली लगाएनन्।
" /> काठमाडौँ। नेपाल सुपर लिगका लागि भएको अक्सनमा आज आठ खेलाडी सबभन्दा धेरै मूल्यमा अनुबन्धित भएका छन्।नेपाललाई १३ औँ सागमा स्वर्ण पदक जिताउन सफल कप्तान सुजल श्रेष्ठ, गोलकिपर दीप कार्की, विशाल सुनुवार, मिडफिल्डर तेज तामाङ, सुनिल बल, एरिक विष्ट, रक्षक विकास खवास, दिनेश राजवंशी सबभन्दा महँगो रकममा बिक्री भएका हुन्।

">