काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले अर्को साता आयोजना हुने त्रीदेशीय फुटबल प्रतियोगितामा दर्शकका लागि टिकट दर महंगो भएको भन्दै त्यसमा पुनर्विचार गर्न आग्रह गरेका छन्।

आउँदो मंगलबारबाट दशरथ रंगशालामा हुने प्रतियोगिताका लागि आयोजक एन्फाले दर्शकका लागि टिकट दर सात सय र १ हजार पाँच सय रुपैयाँ तोकेको छ। प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीले बंगलादेशको राष्ट्रिय टोली र किर्गिस्तानको यु–२३ टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल हो।

प्रतियोगिताका लागि बंगलादेशको राष्ट्रिय टोली हिजो काठमाडौं आइसकेको छ भने किर्गिस्तानको ओलम्पिक टोली आइतबार काठमाडौं आइपुग्ने एन्फाले जनाएको छ।

राउन्डरोबिन लिग पद्दतिमा पहिलो चरणमा तीनवटै टोलीले एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। पहिलो चरणका शीर्ष दुई टिमले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। उपाधि विजेताले पाँच हजार डलर तथा उपविजेताले तीन हजार डलर पुरस्कार पाउने एन्फाले जनाएको छ। एन्फाले कुल १ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरेको प्रतियोगिताबाट डेढ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ। टिकट विक्री, प्रायोजक र टेलिभिजन प्रशारण अधिकार विक्रीबाट आम्दानी गर्ने एन्फाको योजना छ।

आ–आफ्नो टिमका लागि भारतीय आइलिग खेल्न गएका राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ र फरवार्ड अभिशेक रिजाल त्रीदेशीय प्रतियोगिता खेल्न आउने एन्फाले जनाएको छ। नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण पञ्जाब एफसी तथा स्ट्राइकर अभिशेक आइजवाल एफसीबाट खेलिरहेका छन्।

एसियाली फुटबल महासंघ (एएफसी)को उपाध्यक्ष भएर समेत काम गरिसकेका पूर्व अध्यक्ष थापाले टिकट दर घटाउने तथा पुरस्कार रकम बढाउने विषयमा पुनर्विचार गर्न एन्फालाई अनुरोध गरेका छन्।

“काठमाडौंमा चैत्र ज्ञण् गतेदेखि आयोजना हुनलागेको तीन देशको फुटबल प्रतियोगिताको टिकट दर सात सय र पन्ध्रसय निकै महंगो भयो। यसबाट आमदर्शकलाई ध्यानमा राखेर टिकट दर पुनर्विचार गर्न एन्फालाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै पुरस्कारको राशि प्रथम पुरस्कार पाँच हजार डलर र दोस्रो तिन हजार डलर निकै कम भयो,“ प्रतियोगितामा सफलताका लागि नेपाली राष्ट्रिय टिमलाई शुभकामना दिँदै थापाले भनेका छन्।

आगामी चैत १० गते मगलबार किर्गिस्तानको युवा टोली र बगलादेशबीचको खेलबाट सुरु हुने प्रतियोगिता १६ गतेसम्म चल्नेछ। बिहीबार नेपाली राष्ट्रिय टिमले बंगलादेशको राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गर्नेछ भने शिनबार नेपाल र किर्गिज टिमबीच खेल हुनेछ। १६ गते पहिलो चरणका शीर्ष दुई टिमबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले अर्को साता आयोजना हुने त्रीदेशीय फुटबल प्रतियोगितामा दर्शकका लागि टिकट दर महंगो भएको भन्दै त्यसमा पुनर्विचार गर्न आग्रह गरेका छन्।

"> टिकट दर घटाउन एन्फालाई पूर्व अध्यक्ष थापाको अनुरोध: Dekhapadhi
टिकट दर घटाउन एन्फालाई पूर्व अध्यक्ष थापाको अनुरोध

प्रतिक्रिया दिनुहोस्