काठमाडौं। नेपाली राष्ट्रिय टोलीका डिफेन्डर रजिन धिमाललाई विराटनगर फुटबल क्लबले आफ्नो मार्की प्लेयर घोषणा गरेको छ।
विराटनगरसँग जोडिएपछि रजिनले भने, “आफ्नो शहर विराटनगरको प्रतिनिधित्व गर्न पाउँदा खुशी छु, टिमलाई धन्यवाद। नेपाल सुपर लिग एउटा नयाँ यात्रा हो। यसबाट म उत्साहित छु। म टिमका लागि शत प्रतिशत प्रयास गर्नेछु।”
रजिन हाल ‘ए’ डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लबमा आबद्ध छन्। त्यसअघि रजिनले नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेलेको थिए। नेपालको अन्डर-२३ हुँदै रजिनले राष्ट्रिय टोलीमा ३१ अक्टोबर २०१४ मा डेब्यु गरेका थिए।
प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राउन्ड रोविनको आधारमा सञ्चालन हुनेछ। एउटा टिमले स्वदेशी तथा विदेशी गरी २० खेलाडी राख्न पाउनेछन्।
एक मार्की प्लेयर, तीन विदेशी, दुई स्थानीय प्रतिभा र बाँकी १४ खेलाडी अक्सनमार्फत् अनुबन्ध गरिनेछ।
प्रतियोगितामा एक टिमले तीन विदेशी खेलाडी राख्न पाउनेछ, जसमा दुई खेलाडीलाई मात्र प्लेइङ सेटमा राख्न पाइनेछ।
" /> काठमाडौं। नेपाली राष्ट्रिय टोलीका डिफेन्डर रजिन धिमाललाई विराटनगर फुटबल क्लबले आफ्नो मार्की प्लेयर घोषणा गरेको छ।विराटनगरसँग जोडिएपछि रजिनले भने, “आफ्नो शहर विराटनगरको प्रतिनिधित्व गर्न पाउँदा खुशी छु, टिमलाई धन्यवाद। नेपाल सुपर लिग एउटा नयाँ यात्रा हो। यसबाट म उत्साहित छु। म टिमका लागि शत प्रतिशत प्रयास गर्नेछु।”

">