काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) का लागि फ्रेन्चाइज टिम धनगढी फुटबल क्लबले बिहीबार नाइजेरियाका तोपे अयोडेजी फुजालाई मुख्य प्रशिक्षकमा अनुबन्धित गरेको छ।
“मुख्य प्रशिक्षकको रूपमा नाइजेरियाका नागरिक तोपे अयोडेजी फुजालाई अनुबन्ध गरेको जानकारी गराउन पाउँदा हर्षित छौं”, गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढी एफसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
फुजा यसअघि शहीद स्मारक ‘ए’ डिभिजन लिगको क्लब मनाङ मर्स्याङ्दीमा थिए। उनकै नेतृत्वमा मनाङले २०७५ मा शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो। फुजाकै प्रशिक्षणमा मनाङले गत सिजन तेस्रो स्थानमा लिगको अन्त्य गरेको थियो।
“नेपाल सुपर लिगको पहिलो संस्करणमा नै महत्वपूर्ण जिम्मेवारी पाउँदा निक्कै खुशी र उत्साहित छु। उत्कृष्ट मार्की प्लेयर र टिमको सम्पर्कमा रहेका बिदेशी खेलाडीहरूले गर्दा मलाई धनगढीमा सामेल भएको हुँ। हाम्रो लक्ष्य उपाधि जित्ने नै हो”, फुजालाई उदृत गर्दै धनगढी एफसीले भनेको छ।
२००५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशिक्षकको रुपमा प्रशिक्षण करिअर सुरु गरेका फुजा २००६ मा नेपाल आएका थिए। उनले नेपालले मछिन्द्र क्लबबाट करियर सुरु गरेका थिए।
त्यसपछि भारतको सिमला योङ, मुम्बई युनाइटेड, पियरलेस, हिन्दुस्तान एफसी, टलिगन्ज अग्रगामी, मोहम्मडन स्पोटिङ र चेन्नाई एफसीको प्रशिक्षण सम्हालेका थिए। उनी मनाङको जिम्मेवारी लिएर पुनः नेपाल फर्किए।
धनगढीले मार्की खेलाडीको रुपमा विशाल राईलाई यसअघि नै अनुबन्ध गरिसकेको छ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म हुनेछ।
" /> काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) का लागि फ्रेन्चाइज टिम धनगढी फुटबल क्लबले बिहीबार नाइजेरियाका तोपे अयोडेजी फुजालाई मुख्य प्रशिक्षकमा अनुबन्धित गरेको छ।“मुख्य प्रशिक्षकको रूपमा नाइजेरियाका नागरिक तोपे अयोडेजी फुजालाई अनुबन्ध गरेको जानकारी गराउन पाउँदा हर्षित छौं”, गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढी एफसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

">