काठमाडौं। रोबर्ट लेवानडोस्की र इरिक–म्याक्सिम चोपो–मोटिङको गोलमा बायर्न म्युनिखले गएराति लाजियोलाई २–१ ले पराजित गर्दै समग्रमा ६–२ को नतिजासहित च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ।
लेवानडोवस्कीले ३३औं मिनेटमा गरेको पेनाल्टी गोलमा बायर्नले अग्रता लिएको थियो।
च्याम्पियन्स लिगमा लेवानडोवस्कीले पेनाल्टीमा गरेको यो १३औं गोल हो। ७३औं मिनेटमा चोपो मोटिङले डेबिड अलबाको पासमा घरेलु टिमको अग्रता दोब्बर बनाए।
खेल सकिन आठ मिनेट बाँकी हुँदा मार्को पारोलोले गरेको गोल लाजियोका लागि सान्त्वना बन्यो। यससँगै बायर्नले समग्रममा ६–२ को नतिजा निकाल्यो। यसअघि अवे खेलमा बायर्नले ४–१ को नतिजा निकालेको थियो।
बायर्न १९औं पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो। च्याम्पियन्स लिगको इतिहासमा यो सबभन्दा धेरै हो। बायर्न च्याम्पियन्स लिगको १९ खेलसम्म अपराजित छ।
" /> काठमाडौं। रोबर्ट लेवानडोस्की र इरिक–म्याक्सिम चोपो–मोटिङको गोलमा बायर्न म्युनिखले गएराति लाजियोलाई २–१ ले पराजित गर्दै समग्रमा ६–२ को नतिजासहित च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ।लेवानडोवस्कीले ३३औं मिनेटमा गरेको पेनाल्टी गोलमा बायर्नले अग्रता लिएको थियो।

">