काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगको क्लब हिमालयन शेर्पालाई यती एअरलाइन्सले मुख्य प्रायोजन गरेको छ।
हिमालयन शेर्पालाई यती एअरलायन्सले २० लाख मूल्य बराबरको मुख्य प्रायोजन गरेको हो। प्रायोजन सम्झौतामा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पा र यती एअरलायन्सका निर्देशक समर राणाले हस्ताक्षर गरेका छन्।
हिमालयन शेर्पा र यती एअरलायन्सले १ वर्षका लागि सम्झौता गरेका हुन्।
यती एअरलायन्सले हिमालयन शेर्पालाई मुख्य प्रायोजन गरेको यो तेस्रो वर्ष हो।
सम्झौतापछि अब हिमालयन शेर्पाले लिगमा ‘यती हिमायनल शेर्पा’ क्लबको नामका खेल्नेछ। यती एअरलायन्सका सिनियर म्यानेजर भीमराज राईले सामाजिक उत्तरदायित्वअन्तर्गत आफूहरुले क्लबलाई सहयोग गरेको बताए।
‘‘जहाज उडाएर नाफा मात्र कमाउने हाम्रो उद्देश्य होइन। समाजका लागि काम गरिरहेका छौं। त्यसअन्तर्गत नै हामीले खेलकुद क्षेत्रमा लगानी गरेका हौं’’, सिनियर म्यानेजर राईले भने, ‘‘हामीले फुटबलमा मात्रै होइन, क्रिकेट र फुटसलमा पनि सहकार्य गर्दै आएका छौं।’’