काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवासलाई चितवन फुटबल क्लबले आफ्नो मार्की प्लेयर घोषणा गरेको छ। त्यस्तै चितवनले क्लबको प्रशिक्षका रूपमा मेघराज केसीलाई नियुक्त गरेको छ।
काठमाडौंमा जन्मिएका भरत त्रिभुवन आर्मी क्लबमा आबद्ध छन्। आर्मीअघि उनले फ्रेन्डस् र नेपाल प्रहरीबाट व्यावसायिक फुटबल खेलेका थिए।
२५ मार्च २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका भरत अहिले नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य हुन्। भरतले हालसम्म राष्ट्रिय टोलीबाट ५५ खेल खेल्दै १० गोल गरेका छन्।
मेघराज ‘ए’ डिभिजन क्लब थ्रिस्टार तथा नेपाली अन्डर-१९ का प्रशिक्षक हुन्। त्यस्तै, चितवनले एसिस्टेन्ट प्रशिक्षकका रूपमा शैलेश महर्जनलाई नियुक्त गरेको छ।
पहिलोपटक हुन लागेको नेपाल सुपर लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राउन्ड रोविनको आधारमा खेलाइनेछ।
एउटा टिममा स्वदेशी र तथा विदेशी गरी २० खेलाडी हुनेछन्। एक मार्की प्लेयर, तीन विदेशी, दुई स्थानीय प्रतिभा र बाँकी १४ खेलाडी अक्सनमार्फत् अनुबन्ध गरिनेछ। तीनमध्ये दुई विदेशी खेलाडीले मात्रै सुरुवाती ११ मा मौका पाउनेछन्।
चितवनको स्वामित्व आईएमई नेपालले लिएको छ। आईएमएमी नेपालका प्रमुख चन्द्रप्रसाद ढकाल हुन्।
बैशाख ११ गतेबाट हुने नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगमा सात टिमले प्रतिस्पर्धा गर्नेछन्।
आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले सातै टिमको नाम, लोगो र टिमका मालिक सार्वजनिक गरिसकेको छ।
" /> काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवासलाई चितवन फुटबल क्लबले आफ्नो मार्की प्लेयर घोषणा गरेको छ। त्यस्तै चितवनले क्लबको प्रशिक्षका रूपमा मेघराज केसीलाई नियुक्त गरेको छ।काठमाडौंमा जन्मिएका भरत त्रिभुवन आर्मी क्लबमा आबद्ध छन्। आर्मीअघि उनले फ्रेन्डस् र नेपाल प्रहरीबाट व्यावसायिक फुटबल खेलेका थिए।

">