काठमाडौं। धनगढी ब्लुजले आज भइरहेको पोखरा प्रिमियर लिगको पहिलो खेलमा विराटनगर टाइटन्सलाई १ सय १८ रनको लक्ष्य दिएको छ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनायो।
धनगढीका कमलसिंह ऐरीले सबभन्दा धेरै अविजित २६ रन बनाउँदा श्रीमान्था विजयरत्नेले २५ रन बनाए।
ओपनर रोड्रिगो थोमसले १६, सौरभ खनालले १२ र मञ्जित श्रेष्ठले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
विराटनगरका शाहब आलमले ३ तथा नोमन खानले २ रन बनाए। किशोर महतो, पुनीत मिश्रा र मुहम्मद जाइद आलमको नाममा १-१ विकेट रह्यो।