काठमाडौं। करिम बेन्जिमाको गोलमा रियाल मड्रिडले स्पेनिस लिगामा भ्यालेन्सियासँग १–१ को बराबरी खेलेको छ। यससँगै रियालले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
अन्तिम समयमा पाएको कर्नर अवसरमा रियालका गोलकिपर थिबाउट कोर्तुवा पनि भ्यालेन्सियाको पोष्टमा पुगेका थिए। कोर्तुवाले गरेको हेड भ्यालेन्सियाका गोलकिपरले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई बेन्जेमाले पोष्टको दिशा दिएका थिए।
त्यसअघि भ्यालेन्सियाले ७८औ मिनेटमा कार्लोस सोलेरको गोलबाट अग्रता लिएको थियो। बराबरीसँगै रियालले शीर्ष स्थानमा उक्लिने मौका गुमायो। अघिल्लो दिन शीर्ष क्लब बार्सिलोनाले पनि रियाल सोसिडाडसँग २–२ को बराबरी खेलेको थियो।
बार्सिलोनासँग समान अंक भएपनि रियाल गोल अन्तरका आधारमा पछाडि परेको हो। सिजनको पहिलो ‘एल क्लासिको’ खेलअघि दुबै टोली बार्सिलोना र रियालको समान ३५ अंक छ । भ्यालेन्सिया २७ अंकका साथ आठौं स्थानमा छ ।
१८ डिसेम्बरमा क्याम्प नोउमा ‘एल क्लासिको’को पहिलो लेग खेल्दैछन्।