नेपालगन्ज। लुम्बिनी प्रदेशको लिग च्याम्पियन धम्बोझी क्लब बाँके र प्रदेश ३ को लिग च्याम्पियन धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिग-२०७७ मा विजयी सुरुआत गरेका छन्।
धम्बोझीले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई १-० ले पराजित गरेको छ।
खेलमा धम्बोझीको लागि पुर्ण बहादुर गुरुङले ४२ औं मिनेटमा गोल गरेका थिए। खेलमा पूर्ण म्यान अफ द म्याचबाट पुरस्कृत भए। उनलाई अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवं नेपाल ओलम्पिक कमिटी सदस्य दीर्घ बहादुर केसी (कुमार)ले ५ हजार सहित सम्मान गरे। यसैगरी अर्को खेलमा धादिङले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९-१ ले पराजित गरेको छ।
एन्फा प्रेसिडेन्ट लिगको दोस्रो खेलमा धादिङको तर्फको कप्तान अमिर श्रेष्ठले सर्वाधिक ४ गोल गरे। उनी खेलको म्यान अफ द म्याचबाट सम्मानित हुँदै नगद ५ हजार जित्न सफल भए। अमिरले खेलको १७, ३६, ६० र ६२ मिनेटमा गोल गरेका थिए।
यसै गरी धादिङको तर्फबाट अन्य गोल शिशिर लेखीले ६४, ७९ र ८२ मिनेटमा गरी ३ गोल गरे भने उमेश राईले ८९ मिनेट र बिपिन कँडेलले २४ मिनेटमा गोल गरेका थिए। लेकालीको तर्फबाट कप्तान संगम शाहीले ५५ मिनेटमा १ गोल गरेका थिए। खेलको म्यान अफ द म्याच अमिरलाई जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले पुरस्कृत गरे।
यसैगरी प्रतियोगिताअन्तर्गत बुधबार एउटा मात्र खेल हुनेछ, जसमा प्रदेश १ को सैनिक फुटबल क्लब झापा र सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीबीच हुनेछ।
नेपालगन्जमा सोमबार देखी सुरु भएको एन्फा प्रेसिडेन्ट लिग-२०७७ प्रतियोगितामा ७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।
चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश १ को सैनिक फुटबल क्लब झापा, प्रदेश २ को मनकामना युवा क्लब रौतहट, प्रदेश ३ को धादिङ समाज धादिङ, प्रदेश ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश ६ को लेकाली युवा क्लब जुम्ला र सुदुरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताको विजेताले १० लाख रूपैयाँ र उपविजेता टोलीले ५ लाख रूपैयाँ पाउनेछन्।
अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो, एन्फा प्रेसिडेन्ट लिग। यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन्।
" /> नेपालगन्ज। लुम्बिनी प्रदेशको लिग च्याम्पियन धम्बोझी क्लब बाँके र प्रदेश ३ को लिग च्याम्पियन धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिग-२०७७ मा विजयी सुरुआत गरेका छन्।धम्बोझीले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई १-० ले पराजित गरेको छ।

">