काठमाडौँ। काठमाडौँ किकर्स प्रालिले स्कटल्यान्डका प्रशिक्षक ली मेन्सनलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ।
काठमाडौँ किकर्सले दीर्घकालीन योजनासहित मेन्सनलाई नियुक्त गरेको जनाएको छ। नेपाली फुटबलको विकासका लागि दीर्घकालीन प्रयासस्वरूप काठमाडौँ किकर्सले एकेडेमी सञ्चालनको योजना बनाएको छ। यसअघि नै खेलाडी उत्पादन तथा प्रशिक्षकको स्तरोन्नतिमा काम गर्दै आएको काठमाडौँ किकर्सले अब भने औपचारिक रूपमै एकेडेमी सुरु गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।
काठमाडौं किकर्सका अध्यक्ष नवीन पाँडेले एकेडेमीको परिचयात्मक सुरुआत स्वरुप आगामी शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन दुई घण्टे फुटबल क्लिनिक सञ्चालन गर्ने जानकारी गराए। उनका अनुसार क्लिनिकमा ६ देखि ९ वर्ष, ९ देखि १३ वर्ष र १३ देखि १६ वर्ष गरी तीन उमेर समूहका प्रशिक्षार्थीलाई समावेश गरिनेछ। क्लिनिकमा सहभागिताका लागि प्रत्येक प्रशिक्षार्थीले १ हजार रूपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
क्लिनिक बुढानिलकण्ठ नगरपालिकाको कपनस्थित कपन स्पोर्ट्स सेन्टरमा सञ्चालन हुनेछ। यसैगरी एकेडेमीको मुख्यालय पनि त्यही हुने तर एकेडेमीलाई अन्य विभिन्न स्थानमा पनि विस्तार गरिने योजना रहेको आयोजक संस्थाका पदाधिकारी बद्रि भट्टराईले जानकारी गराए।
मेन्सनले प्रशिक्षकका रुपमा स्कटल्यान्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओस तथा क्लब फुटबलमा एएफसी च्याम्पियन्स लिग तथा एएफसी कपमा टिम सम्हालिसकेको काठमाडौं किकर्सले जनाएको छ। अब भने उनले काठमाडौंमै रहेर खेलाडी उत्पादनमा काम गर्ने गरी किकर्सले सम्झौता गरेको बताइएको छ।
ग्रासरुटदेखि व्यावसायिक खेलाडीसम्मलाई प्रशिक्षित गर्ने योजनाका साथ ल्याइएका मेन्सनले युवा प्रशिक्षकलाई निखार्ने काममा पनि योगदान गर्ने काठमाडौं किकर्सले विश्वास लिएको छ।
" /> काठमाडौँ। काठमाडौँ किकर्स प्रालिले स्कटल्यान्डका प्रशिक्षक ली मेन्सनलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ।काठमाडौँ किकर्सले दीर्घकालीन योजनासहित मेन्सनलाई नियुक्त गरेको जनाएको छ। नेपाली फुटबलको विकासका लागि दीर्घकालीन प्रयासस्वरूप काठमाडौँ किकर्सले एकेडेमी सञ्चालनको योजना बनाएको छ। यसअघि नै खेलाडी उत्पादन तथा प्रशिक्षकको स्तरोन्नतिमा काम गर्दै आएको काठमाडौँ किकर्सले अब भने औपचारिक रूपमै एकेडेमी सुरु गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

">