काठमाडौँ। शहीद स्मारक सी डिभिजनमा आज भएको रोमाञ्चक खेलमा समाज कल्याण खेलकुद केन्द्रले सानो गौचरन युथ क्लबलाई ३-२ ले पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा २५ औं मिनेटमा रुपेश अधिकारीले गरेको गोलबाट समाज कल्याणले पहिलो अग्रता लिएको थियो। तर समाज कल्याणको यो अग्रता धेरैबेर टिकेन र २८ औं मिनेटमा उग्रेन लामाले सानो गौचरनका लागि बराबरी गोल फर्काए।
५२ औं मिनेटमा राकेश विश्वकर्माको गोलबाट समाज कल्याणले फेरि अग्रता लियो। समाज कल्याणको यो अग्रता पनि धेरैबेर टिकेन। ५७ औं मिनेटमा मनोज रोकायाले सानो गौचरनका लागि पुनः बराबरी गोल फर्काएका थिए।
७६ औं मिनेटमा सरद राईले निर्णायक गोल गरेपछि समाज कल्याणले रोमाञ्चक जित निकालेको हो।
" /> काठमाडौँ। शहीद स्मारक सी डिभिजनमा आज भएको रोमाञ्चक खेलमा समाज कल्याण खेलकुद केन्द्रले सानो गौचरन युथ क्लबलाई ३-२ ले पराजित गरेको छ।ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा २५ औं मिनेटमा रुपेश अधिकारीले गरेको गोलबाट समाज कल्याणले पहिलो अग्रता लिएको थियो। तर समाज कल्याणको यो अग्रता धेरैबेर टिकेन र २८ औं मिनेटमा उग्रेन लामाले सानो गौचरनका लागि बराबरी गोल फर्काए।

">