काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा आज भएको खेलमा मनोहरा युनाइटेडले महावीर क्लबलाई ३-२ ले पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा महावीरका गोलरक्षक तमोस टुडुले रातो कार्ड पाएका थिए। तमोसले मनोहराका फिलिपता माङलाई डिबक्स बाहिर खतरनाक फल गरेका थिए।
प्रतिस्पर्धात्मक खेलमा ओमप्रकाश सिंहले १८ औं मिनेटमा गरेको गोलबाट मनोहराले पहिलो अग्रता लिएको थियो। २१ औं मिनेटमा विनय खड्काले गरेको गोलबाट मनोहराले दोस्रो अग्रता लिएको थियो।
महावीरका राम ढकालले २६ औं मिनेटमा पहिलो गोल गरेका थिए। ८० औं मिनेटमा रोमन तामाङले महावीरका लागि बराबरी गोल फर्काएका थिए।
८६ औं मिनेटमा सुनिल लामाले गरेको गोल नै मनोहराको जितमा निर्णायक बन्यो।
" /> काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा आज भएको खेलमा मनोहरा युनाइटेडले महावीर क्लबलाई ३-२ ले पराजित गरेको छ।ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा महावीरका गोलरक्षक तमोस टुडुले रातो कार्ड पाएका थिए। तमोसले मनोहराका फिलिपता माङलाई डिबक्स बाहिर खतरनाक फल गरेका थिए।

">