काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विशाल राईलाई धनगढी फुटबल क्लबले आज आफ्नो मार्की प्लेयर घोषणा गरेको छ।
झापामा जन्मिएका विशालले पछिल्लो समय मछिन्द्र क्लबबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए। त्यसअघि उनले लामो समय मनाङ-मर्स्याङ्दी क्लबबाट फुटबल खेले। २७ वर्षे विशाल एन्फका एकेडेमीका उत्पादन हुन्। विशाल नेपालको उमेर समूह यु-१४, यु-१६, यु-१९ हुदै पछिल्लो समय राष्ट्रिय टिममा पर्ने नियमित सदस्य हुन्।
उनले २०१५ अगस्ट ३१ मा भारतविरुद्धको खेलमा नेपालबाट डेब्यू गरेका थिए। उनले नेपालबाट १९ खेलमा तीन गोल गरिसकेका छन्। २७ वर्षे विशालले १९ जनवरी २०१६ मा माल्दिभ्स, १९ मे २०१६ मा लाओस र २८ मार्छ २०१७ मा फिलिपिन्सविरुद्ध गोल गरेका थिए।
“दुई वर्षअघि नेपाल सुपर लिग हुने सुनेको थिएँ। अन्ततः अब सुरु हुने भएको छ,” विशालले भने, “यो लिगमा विदेशी खेलाडीको प्रदर्शनले उपाधि होडमा फरक पार्छ। हामी पनि राम्रो खेलाडी अनुबन्ध गर्ने प्रयासमा हुनेछौं। टिमको तयारी राम्रो छ। त्यसैले हामी जित्नेमा आशावादी छौं।”
प्रतियोगितामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राउन्ड रोविनका आधारमा खेलाइनेछ। एउटा टिममा स्वदेशी तथा विदेशी गरी २० खेलाडी हुनेछन्। एक मार्की प्लेयर, तीन विदेशी, दुई स्थानीय प्रतिभा र बाँकी १४ खेलाडी अक्सनमार्फत अनुबन्ध गर्नेछ। प्रतियोगिता एक टिमले तीन विदेशी खेलाडी राख्न पाउनेछ। दुई विदेशी खेलाडीलाई मात्र प्लेइङ सेटमा राख्न पाइनेछ।
अक्सनमा खेलाडी बर्गिकरण एन्फासँगको सहकार्यमा गरिने आयोजक एनएसइएमले जनाएको छ।
धनगढी एफसीको स्वामित्व गो ड्रिमर्स प्रालिले लिएको छ। गो ड्रिमर्स प्रालिका प्रमुख सुवास शाही हुन्। उनले विगत लामो समयदेखि धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता पनि सञ्चालन गर्दै आएका छन्।
बैशाख ११ गतेबाट हुने नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगमा सात टिमले प्रतिस्पर्धा गर्नेछन्। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आइतबार प्रतियोगितामा खेल्ने सात टिमको नाम, लोगो र टिमका मालिक सार्वजनिक गरेको थियो।
" /> काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विशाल राईलाई धनगढी फुटबल क्लबले आज आफ्नो मार्की प्लेयर घोषणा गरेको छ।झापामा जन्मिएका विशालले पछिल्लो समय मछिन्द्र क्लबबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए। त्यसअघि उनले लामो समय मनाङ-मर्स्याङ्दी क्लबबाट फुटबल खेले। २७ वर्षे विशाल एन्फका एकेडेमीका उत्पादन हुन्। विशाल नेपालको उमेर समूह यु-१४, यु-१६, यु-१९ हुदै पछिल्लो समय राष्ट्रिय टिममा पर्ने नियमित सदस्य हुन्।

">