काठमाडौं। क्रायग डासनको आत्मघाती गोल उपहारमा म्यानचेस्टर युनाइटेडले गएराति प्रिमियर लिगमा वेष्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको छ। जितसँगै युनाइटेडले च्याम्पियन्स लिगको स्थान बलियो बनाएको छ।
वाटफोर्डबाट लोनमा वेष्ट ह्याम आएका डासनले युनाइटेडका ब्रुनो फर्नान्डेजको कर्नर प्रहार क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गरेका थिए। ५३औं मिनेटमा डासनले गरेको त्यही आत्मघाती गोल युनाइटेडको जितमा निर्णायक बन्यो।
जितपछि युनाइटेडले २९ खेलबाट ५७ अंक जोडेको छ। जुन शीर्ष क्लब म्यानचेस्टर सिटीभन्दा १४ अंकले पछाडि हो। त्यस्तै चौथो स्थानको चेल्सीभन्दा ६ अंकले आगाडि हो। यससँगै उपाधि होडबाट बाहिरिसकेको युनाइटेडले शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने सम्भावना भने बलियो बनाएको छ।
गएराति नै सातौं स्थानको टोटेनह्यामले आर्सनललाई २–१ को नतिजा सुम्पिएको छ। इमिरेट्स रंगशालामा पाहुना टोली टोटेनह्यामले इरिक लामेलाको गोलबाट ३३औं मिनेटमा अग्रता लिएको थियो। तर जोजे माउरिन्होको टोलीले त्यसलाई जोगाउन सकेन।
आर्सनलका मार्टिन ओडेगार्डले ४४औं मिनेटमा बराबरी गोल फर्काए। ६४औं मिनेटमा एलेक्जान्द्रो लाकाजेटले पेनाल्टीमा गोल गर्दै आर्सनललाई अग्रता दिए। लाकाजेटको त्यही गोल आर्सनलको जितमा निर्णायक बन्यो।
७६औं मिनेटमा लामेलाले दोस्रो पहेंलो कार्डको सामना गरेपछि टोटेनह्याम बाँकी समय १० खेलाडीमा सीमित भएको थियो।