काठमाडौं। महान खेलाडी पेलेले क्रिष्टियानो रोनाल्डोलाई बधाई दिएका छन्। रोनाल्डोले इटालियन सिरी ‘ए’ मा गएराति काग्लिएरीविरुद्ध ह्याट्रिक गर्दै पेलेको कुल गोल संख्या पार गरेपछि उनले युभेन्टसका फरवार्डलाई बधाई दिएका हुन्।
रोनाल्डोले पहिलो ३२ मिनेटभित्र ह्याट्रिक गरेका थिए। यससँगै उनले करियरमा ७७० गोल गरेका छन्। पेलेले करियरमा ७६७ गोल गरेका थिए।
‘‘जीवन एक उडान हो। यहाँ प्रत्येकले आफ्नो यात्रा तय गर्छ। र तिमीले कस्तो सुन्दर यात्रा गरिरहेका छौं। म तिम्रो प्रशंसक हुँ। र सबैलाई थाहा छ कि मलाई तिम्रो खेल असाध्यै मन पर्छ। आधिकारिक खेलमा मेरो गोलको कीर्तिमान तोड्न सफल भएकोमा तिमीलाई बधाई’’, पेलेले समाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्।
केही तथ्यले यसलाई विश्व कीर्तिमानका रुपमा लिएका छन्। तर चेक फुटबल संघले अस्ट्रिया तथा चेकोस्लोभाकियाका पूर्व स्ट्राइकर जोसेफ बिकानले फुटबलमा सर्बकालिक धेरै गोल गरेको दाबी गरेको छ। उसका अनुसार बिकानले ८२१ गोल गरेका छन्।
तथापि रेकर्ड स्पोटर््स सकर स्टाटिस्टिक फाउन्डेसनका अनुसार बिकानले करियरमा ८०५ गोल गरेका छन्। तर त्यसमध्ये २७ गोल रिपिड भिएनाको रिजर्भ र एम्याच्योर टिमका लागि गरेका छन्।
त्यस्तै बिकानको कतिपय गोल आधिकारिक अन्तर्राष्ट्रिय खेलमा होइनन्। त्यसलाई हटाउने हो भने बिकानको गोलसंख्या ७५९ हुन्छ। जुन पेले र रोनाल्डोको भन्दा कम हुन्छ।
काग्लियरीविरुद्धको खेलपछि रोनाल्डोले पनि इन्स्टाग्राममा लेखेका छन्, ‘‘पछिल्ला केही साता मलाई आधिकारिक अन्तर्राष्ट्रिय खेलमा पेलेले बनाएको कीर्तिमानी गोलसंख्यासँग जोडेर समाचार आएका छन्। तथापि म त्यो पहिचानका लागि आभारी छु। र अब म अहिले किन त्यो पहिचानलाई स्विकार गरिन भनेर भन्ने समय आएको छ।’’
रोनाल्डोले थपे, ‘‘पेलेलाई म चीरस्थाई र निसर्त रुपमा सम्मान गर्छु। मेरो सम्मान उनले २०औं शताब्दीको मध्यतिर गरेको गोलका लागि हो। उनले साओ पाउनले स्टेटका लागि गरेको त्यो ९ गोल, उनले ब्राजिलियन मिलिट्रीका टिमका लागि गरेको गोल पनि आधिकारिक गोल थियो। त्यसयता विश्व फुटबलमा धेरै परिवर्तन भइसकेको छ। तर त्यसको मतलब यो होइन की हामीले आफ्नो चाहनाका लागि इतिहास मेटाउन सक्छौं।’’
पोर्चुगलका फरवार्ड रोनाल्डोले लेखेको छन्, ‘‘आज मेरो आधिकारिक गोलसंख्या ७७० पुगेको छ। मेरो पहिलो सम्मान पेलेलाई जान्छ। आज विश्वमा त्यस्तो कुनै खेलाडी छैन, जसले उहाँको खेलको कथा नसुनेको होस। उहाँको गोलको कथा नसुनेको होस र उनको उपलब्धिबारे कथा नसुनेको होस। र म पनि कुनै अपवाद होइन। यसकारण म खुशी र गर्वले भरिएको छु। किनभने मैले पेलेको कीर्तिमान पार गर्दै धेरै गोल गर्ने खेलाडीको सूचीको अग्रस्थानमा रहनुलाई स्विकार गरेको छु। यो त्यस्तो कुरा हो जुन मैले कहिल्यैं सपनामा पनि देखेको थिइनँ।’’
काग्लिएरीविरुद्ध रोनाल्डोले १०औं मिनेटमा पहिलो गोल गरेका थिए। २५औं मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर बनाएका रोनाल्डोले ३२औं मिनेटमा ह्याट्रिक गरेका थिए। जियोभानी सिमोनीले ६१औं मिनेटमा गरेको गोल घरेलु टोली काग्लिएरीका लागि सान्त्वना बन्यो।
जितपछि युभेन्टसले २६ खेलबाट ५५ अंक जोडेको छ। जुन शीर्ष स्थानका इन्टर मिलान भन्दा दश अंकले पछाडि हो। तथापि युभेन्टसले एक खेल कम खेलेको छ।