काठमाडौं। सिल्क ग्रुपका प्रिन्स दहाल र त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधी जितेका छन्।
पुरुष एकलतर्फ प्रिन्सले सशत्र प्रहरी बल (एपीएफ)का दीपेश धामीलाई २३–२१, २१–१८ को सेटमा हराउँदै उपाधि जितेका हुन्। यसका साथै प्रिन्सले चितवनमा भएको हारको बदला लिन सफल भएका छन्।
विजयी प्रिन्सले ५० हजार रुपैयाँ नगद पुरस्कार जिते। उपविजेता दीपेशले ३० हजार रुपैयाँमा चित्त बुझाए। तेस्रो हुने नेपाल पुलिस क्लबका विष्णु कटुवाल र सेनाका रुकेश महर्जनले समान १० हजार रुपैयाँ पुरस्कार जिते।
आइतबार साङ्गलास्थित साइनोको कभर्डहलमा सम्पन्न महिला एकलतर्फ अनुमायाले आफ्नै क्लबकी अमिता गिरीलाई २१–१०, २१–१७ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकी हुन्।
अनुमायाले ३० हजार, उपविजेता अमिताले १५ हजार, तेस्रो स्थानमा रहने एपिएफकी शोभा गौचन र धादिङ्गकी तारा आलेले समान ७ हजार ५०० रुपैयाँ नगद पुरस्कार जिते।
प्रतियोगितामा पुरुष युगलतर्फ हिमालयन क्लबका विशाल बस्नेत र झापाका प्रनिशसिंह ठकुरीको जोडीले आयोजक साइनोका अभिषेक बोश र सुजन थापाको जोडीलाई २१–१७, १६–२१, २१–१७ को सेटमा हराए।
विजयी जोडीले ५० हजार तथा उपविजयी जोडीले ३० हजार रुपैयाँ नगद पुरस्कार जिते। भेट्रानतर्फ जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडी विजयी भए। जेष्ट ब्याडमिन्टनको जोडीले परफेक्ट फिटनेश क्लबका पूर्णहरि होना र संजय कपालीको जोडीलाई १२–२१, २२–२०, २१–१६ ले पराजित गरेको थियो।