काठमाडौं। लिभरपुलका प्रशिक्षक जार्गेन क्लोपले सेन्टर डिफेन्डर भिर्गिल भान डाइक र जोय गोमेज आगामी युरोकपका लागि मैदान फर्किन असम्भव रहेको बताएका छन्।
नेदरल्यान्डस्का खेलाडी भान डाइकले गत अक्टोबरमा घुडाको लिगामेन्टमा समस्या देखिएपछि सर्जरी गराएका थिए ।
गोमेजको नोभेम्बरमा इङ्ल्यान्डबाट खेल्ने क्रममा उनको पनि देब्रे घुडामा समस्या देखिएपछि अपरेशन गरिएको थियो। जोय प्रशिक्षणमा आएका छैनन्। भर्जिल प्रशिक्षणमा आएपनि भन्न निकै कठिन रहेको छ।
कोरोना कहरका कारण एक वर्षपछि सरेको युरोकप आगामी ११ जुनदेखि ११ जुलाइ्र्र्रसम्म आयोजना हुँदैछ।
युरोकपमा भान डाइक र गोमेजको उपस्थितिका बारेमा बोल्दै क्लोपले भने, “यो मेरो निर्णय होइन्, तर इमान्दारीसाथ भन्नुपर्दा मसँग भएको जानकारी अनुसार यो असम्भव हुने छ। मैले उनीहरुलाई जान नदिएको हैन, यसको कारण उनीहरुको चोटको गहिराइ हो।”
“उनीहरु प्रिसिजनमा हामीसँगै मैदानमा फर्किनेछन् भन्ने आशा गरेका छौं। यो हामीले सबैले गरेको आशाको कुरा हो। यो माटिप जोयलसँग पनि मिल्दो रहेको छ।”
“यो गम्भीर चोट हो, र अहिले नै उनीहरु कुन प्रतियोगिताबाट मैदान फर्कन्छन् भन्न मिल्दैन।”
जनवरीमा माटिपको कुर्कुचाको लिगामेन्टमा भएको चोटका कारण यो सिजन मैदामा बाहिर भएका थिए। र क्लोपले उनी अझै स्कि बुटमा रहेको जस्तो देखिने बताएका थिए।
“हामी उनीहरु प्रिसिजन मैदान फर्किनेमा पूर्ण विश्वस्त छौं। तर युरोका बारेमा मैले सोचेको छैन्’’, क्लोपले थपे, ‘‘युरो खेल्न कहिले मैदान फर्किन पर्छ, यो हप्तापछि ? युरो सुरु भएको दिन ? मलाई थाहा छैन। युरोका लागि म उनीहरुको आवश्यक्ता बुझ्न सक्छु, तर हामी यो निर्णय गर्न सक्दैनौं । उनीहरु फिट भएपछि नै मैदानमा हुनेछन्।”
" /> काठमाडौं। लिभरपुलका प्रशिक्षक जार्गेन क्लोपले सेन्टर डिफेन्डर भिर्गिल भान डाइक र जोय गोमेज आगामी युरोकपका लागि मैदान फर्किन असम्भव रहेको बताएका छन्।गोमेजको नोभेम्बरमा इङ्ल्यान्डबाट खेल्ने क्रममा उनको पनि देब्रे घुडामा समस्या देखिएपछि अपरेशन गरिएको थियो। जोय प्रशिक्षणमा आएका छैनन्। भर्जिल प्रशिक्षणमा आएपनि भन्न निकै कठिन रहेको छ।

">