डर्टमण्डको शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने आशा कायम

काठमाडौं। बोरुसिया डर्टमण्डले जर्मन बुन्डेलिस लिगाको शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने आशालाई जिवित राखेको छ। डर्टमण्डले गएराति हेर्था बर्लिनलाई २–० ले पराजित गर्दै लिगको पाँचौं स्थानका उक्लिएको हो।

डर्टमण्डले जुनियन ब्रान्डको गोलबाट ५४औं मिनेटमा अग्रता लिएको थियो। ब्रान्डले मार्को रेउसको पासमा गोल गरेका थिए।

८०औं मिनेटमा भ्लाद्भिर दारिदाले रातो कार्डको सामना गरेपछि पाहुना टोली हेर्था बर्लिन १० खेलाडीमा सीमित भएको थियो।

इन्जुरी समयमा युसोफा मोउकोकोले अर्को गोल थपेपछि डर्टमण्डले तीन अंक पक्का गरेको थियो।

जितसँगै डर्टमण्ड पाँचौं स्थानमा उक्लिएको छ। डर्टमण्डले २५ खेलबाट ४२ अंक जोडेको छ। जुन चौथो स्थानको फ्रांकफ्रटको भन्दा एक अंकले पछाडि हो।

तथापी फ्रांकफ्रटले एक खेल कम खेलेको छ। डर्टमण्ड शीर्ष स्थानको बायर्नभन्दा १६ अंकले पछाडि छ। हेर्था बर्लिन लिगको १५औं स्थानमा छ।