काठमाडौं। करिम बेन्जेमाले अन्तिम समयमा गरेको दुई गोलमा रियाल मड्रिडले गएराति इल्चेमाथि २–१ को विजय हासिल गरेको छ। जितसँगै रियालले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दुरी कम गरेको छ।
रियाल खेलअघि शहरी प्रतिद्वन्द्वी एट्लेटिको भन्दा आठ अंकले पछाडि रहेको थियो। खेलको ६१औं मिनेटमा टेटे मोरेन्टेको पासमा ड्यानी काल्भोले गोल गरेपछि इल्चेले अग्रता लिएको थियो।
तर रियालले बेन्जेमाको गोलबाट उत्कृष्ट पुनरागमन ग¥यो। बेन्जेमाले ७३ औं मिनेटमा लुका मोड्रिचको पासमा बराबरी गोल फर्काए। इन्जुरी समयमा रोड्रिगोको पासमा अर्को गोल थपेपछि रियालले तीन अंक पक्का गरेको हो।
जितसँगै रियाल दोस्रो स्थानमा उक्लिएको छ। रियालले २७ खेलबाट ५७ अंक जोडेको छ। समान खेलबाट ६३ अंक जोेडेको एट्लेटिको शीर्ष स्थानमा छ। एट्लेटिको गएराति गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको थियो। एक खेल कम खेलेको बार्सिलोना ५६ अंकका साथ तेस्रो स्थानमा छ।