काठमाडौं। रोबर्ट लेवनडोवस्की बुन्डेसलिगामा सार्वकालिक धेरै गोल गर्ने दोस्रो खेलाडी बनेका छन्। लेवानडोस्कीले गोल गरेको दिन बायर्न म्युनिखले वेर्डर ब्रोमनलाई ३–१ ले पराजित गरेको छ।
लेवानडोस्कीले ६७ औं मिनेटमा गोल गरेका थिए। बुन्डेसलिगामा उनको यो २६८औं गोल हो। अब बुन्डेसलिगामा लेवानडोवस्कीले भन्दा धेरै गोल गर्नेमा गर्ड मुलरमात्र छन्। मुलरले ३६५ गोल गरेका छन्।
जारी लिगमा लेवानडोस्कीको यो ३२औं गोल हो। एकै सिजन सबभन्दा धेरै गर्नेमा पनि गर्ड मुलर नै छन्। उनले ४० गोल गरेका छन्। उक्त कीर्तिमानबाट ३२ वर्षे लेवानडोस्की आठ गोलले पछाडि छन्।
लेवानडोस्कीले गोल गर्नुअघि लियोन गोरेट्जका र सेर्गी गेनाब्रीले गोल गरेका थिए। पाहुना टोली बायर्नले २२औं मिनेटमा गोरेट्जकाको गोलबाट अग्रता लिएको थियो। उनले थोमस मुलरको पासमा गोल गरेका थिए।
३५औं मिनेटमा मुलरकै पासमा गेनाब्रीले अग्रता दोब्बर बनाए। ६७औं मिनेटमा लेवानडोस्कीले अर्को गोल थपेपछि बायर्न सहज जित निकाल्न सफल भयो।
जितपछि बायर्नले २५ खेलबाट ५८ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको आरबी लाइपजिगले २४ खेलबाट ५३ अंक जोडेको छ।