स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिड गेटाफेसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २७ खेलबाट ६३ अंक भएको छ । ">
शीर्ष स्थानको एथ्लेटिको मड्रिड गेटाफेसँग बराबरीमा रोकियो  काठमाडौं। स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिड गेटाफेसँग बराबरीमा रोकिएको छ ।  गएराति भएको खेलमा १० खेलाडीमा सीमित गेटाफेले शीर्ष स्थानको एथ्लेटिको मड्रिडलाई गोलरहित बराबरीमा रोकेको हो ।  यो बराबरीले एथ्लेटिकोले शीर्ष स्थानमा अंक दुरी बढाउने मौका गुमाएको छ । खेलको ७० औं मिनेटमा निओम सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि गेटाफे १० खेलाडीमा सीमित भएको थियो । एथ्लेटिको मड्रिडले गोलका केही राम्रा अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । बराबरीपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २७ खेलबाट ६३ अंक भएको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको ५७ अंक छ । बार्सिलोना २६ खेलबाट ५६ अंकसहित तेस्रो स्थानमा छ । 
प्रतिक्रिया दिनुहोस्