काठमाडौं। नेपाल पाकिस्तान फ्रेन्डसिप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीले हात पारेको छ।
धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको मैदानमा शनिबार भएको फाइनलमा एन्जल्स हार्ट एकेडमीलाई एक सय सात रनले हराएर ग्रेट हिमालय क्रिकेटले छैटौं संस्करणको उपाधि हात पारेको हो।
टस हारेर ब्याटिङ गरेको ग्रेट हिमालयले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै दुई सय २० रनको विशाल लक्ष्य प्रस्तुत गर्यो। ग्रेट हिमालयका लागि हेमन्त श्रीवास्तवले शतकीय इनिङ्स खेले। उनले एक सय छ रन बनाए। यस्तै अशोक पौडेलले ३६ रन बनाए।
एन्जल्सको लागि श्याम त्रिपाठीले चार तथा विपिन न्यौपानेले तीन विकेट लिए।
ग्रेट हिमालयले दिएको दुई सय २१ रनको विशाल लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एन्जल्स १७ ओभर पाँच बलमा अलआउट हुँदै एक सय १३ रनमा समेटियो। एन्जल्सका लागि दिनेश पुनले सर्वाधिक २१ रन बनाए। यस्तै विवेक न्यौपानेले १७ रन बनाए।
ग्रेट हिमालयका लागि सुशान्त तिमिल्सिना र अशोक पौडेलले समान तीन विकेट लिए।
" /> काठमाडौं। नेपाल पाकिस्तान फ्रेन्डसिप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीले हात पारेको छ।धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको मैदानमा शनिबार भएको फाइनलमा एन्जल्स हार्ट एकेडमीलाई एक सय सात रनले हराएर ग्रेट हिमालय क्रिकेटले छैटौं संस्करणको उपाधि हात पारेको हो।

">