काठामाडौं। सहारा क्लब पोखराले आयोजना गर्ने मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपमा आठ टिमको सहभागिता हुने भएको छ।
यसअघि चैत १७ गतेबाट हुने भनिए पनि प्रतियोगिता २१ गतेबाट हुने भएको छ। २८ गतेसम्म हुने प्रतियोगितामा एक विदेशीसहित आठ टिमको सहभागिता रहने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए।
प्रतियोगितामा शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबसहित मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), थ्रीस्टार, संकटा, आयोजक सहारा र अफ्रिकन रूट एस डउला क्यामरूनले प्रतिस्पर्धा गर्ने भएको छ।
‘‘कोरोना माहामारीका कारण प्रतियोगिताको मिति पछाडि धकेलिएको छ। महामारीकै कारण प्रतियोगितामा सहभागी हुने भनिएको केही टिम पनि आउन पाएनन्’’, अध्यक्ष थापाले बताए।
अघिल्ला संस्करणहरूमा १२ टिमको सहभागिता हुन्थ्यो। प्रतियोगिताको सम्पूर्ण खेल देखापढी डटकमबाट प्रत्यक्ष प्रशारण हुनेछ।
प्रतियोगिताको उपाधि विजेताले १० लाख एक हजार नगद पुरस्कार जित्नेछन्। उपविजेताले पाँच लाख एक हजार नगद पुरस्कार जित्नेछन्।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका अध्यक्ष सूर्यबहादुर केसीको यसै वर्ष निधन भएको थियो। त्यसकारण प्रतियोगिताको उत्कृष्ट पाँच विधाका पुरस्कार केसीको नाममा समर्पण गरिने आयोजक सहारा क्लबले जनाएको छ
सहारा क्लब पोखराले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७ बाट एकजना राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने जनाएको छ। सम्मानित खोलाडीले ३५ हजार नगदसहित सम्मान प्रदान गरिने क्लबका अध्यक्ष थापाले बताए।
प्रतियोगितामा करिब एक करोड एक लाख ८१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजक सहाराले प्रतियोगिताबाट बचत रकमबाट क्लबले सहारा फुटबल एकेडेमीको सञ्चालनार्थ खर्च गर्दै आएको छ।
क्याराभान गोल्ड कपसहित २० वर्षदेखि सहारा क्लबले पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ।
" /> काठामाडौं। सहारा क्लब पोखराले आयोजना गर्ने मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपमा आठ टिमको सहभागिता हुने भएको छ।यसअघि चैत १७ गतेबाट हुने भनिए पनि प्रतियोगिता २१ गतेबाट हुने भएको छ। २८ गतेसम्म हुने प्रतियोगितामा एक विदेशीसहित आठ टिमको सहभागिता रहने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए।

">