काठमाडौं। गुल्सन झाले कसिलो बलिङ गर्दै चार विकेट लिएपछि नेपाल पुलिस क्लबले आज काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा सशत्र प्रहरी बल (एपीएफ) लाई १०५ रनमा अलआउट गरेको छ।
यससँगै पुलिस क्लबले उपाधिका जित्नका लािग १०६ रनको लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफका कप्तान शरद भेषावकरले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। गुल्सन र सागर ढकालले कसिलो बलिङ गर्दै संयुक्त रूपमा आठ विकेट लिएपछि एपीएफले अपेक्षित प्रदर्शन गर्न सकेनन्।
गुल्सनले एपीएफको शीर्ष क्रममा ब्याट्सम्यानलाई पवेलियन बाटो देखाए थिए। उनले ओपनर शंकर राना, कप्तान शरद भेषावकर र भुवन कार्कीलाई सुरूमै पवेलियनको बाटो देखाएका थिए। भुवन आउट हुँदा एपीएफ ४२÷४ को स्थितिमा थियो।
गुल्सनलाई सागर ढकालले साथ दिएपछि एपीएफका कुनै ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। एपीएफका लागि बसन्त रेग्मीले सबभन्दा धेरै २२ रन बनाए। सन्दिप जोरा र अमरसिंह राउटेलाले समान १८ रन बनाए। भुवन कार्कीले १४ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
गुल्सनले सात ओभरमा ३६ रन दिएर ४ विकेट लिए। सागरले ७.४ ओभरमा २८ रन दिएर ४ विकेट लिए। पवन सर्राफ र ललितनारायण राजवंशीको नाममा एक एक विकेट रह्यो।
लिग चरणमा एपीएफले नेपाल पुलिस क्लबलाई एक विकेटले पराजित गरेको थियो।