काठमाडौं। ह्यारी केनको दुई गोलमा इङ्लिस प्रियिमर लिगको क्लब टोटेनह्यामले डाइनामो जाग्रेबलाई २–० ले पराजित गर्दै युरोपा लिगको क्वार्टरफाइलन पुग्ने सम्भावना बलियो बनाएको छ।
घरेलु मैदानमा टोटेनह्यमाले २५औं मिनेटमा ह्यारी केनको गोलबाट अग्रता लिएको थियो। इरिक लामेलाको प्रहार बारमा लागेर फर्किएको थियो। रिबाउन्डमा प्राप्त बललाई कसैको निगरानीमा नरहेका केनले सजिलै खाली पोष्टको दिशा दिएका थिए।
७०औं मिनेटमा केनले युनाइटेडको अग्रता दोब्बर बनाए। घुँडाको चोटका कारण बाहिरिनु परेपछि केनले ह्याट्रिक गर्ने मौका गुमाएका थिए।
आर्सनलले अब प्रिमियर लिगको उत्तरी लन्डन डर्बीमा आर्सनलविरुद्ध प्रतिस्पर्धा गर्नेछ। टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले उक्त खेलसम्म केन फिट हुने बताएका छन्।
‘‘आइतबारको खेलमा सबै खेल्न चाहन्छन्। सानो सानो कुराले उनलाई खेल्नबाट रोक्दैन’’, माउरिन्होले भने, ‘‘उनलाई गम्भीर चोट लागेको छ भन्ने मैले महसुस गरेको छैन।’’
पछिल्लो पटक क्रिष्टल प्यालेसविरुद्ध खेल्दाको टिममा माउरिन्होले सात खेलाडी परिवर्तन गरेका थिए।