काठमाडौं। काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज बागमती प्रदेशले त्रिभुवन आर्मी क्लवलाई १० रनले पराजित गरेको छ।
पारस खड्क ले एक सय १९ रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बागमती प्रदेशले ४९.४ ओभरमा सबै विकेट गुमाएर दुई सय ६६ रन बनाएको थियो। दुई सय ६६ रनको लक्ष्य पछ्याएको आर्मीले ४७.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ५६ रन मात्र बनायो।
आर्मीका कप्तान विनोद भण्डारीले शतकीय पारी खेले पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्। विनोदले एक सय १४ बलमा सात छक्का र आठ चौकाको सहयोगमा एक सय १९ रन बनाएका थिए।
आर्मीका लोकेश बलले ३८ बलमा सात चौका र एक छक्कासहित ४६ रन बनाए। त्यस्तै रोहित पौडेलले २६ बलमा १५ रन बनाउँदा अन्यले भने राम्रो योगदान गर्न सकेनन्।
बागमतीका अरियो पौडेलले पाँच विकेट लिए। ८.१ ओभर बलिङ गरेका अरियोले ४६ रन खर्चेका थिए। त्यस्तै रामनरेश गिरीले १० ओभर बलिङ गर्दै ५५ रन खर्चेर दुई विकेट लिए। बागमतीका पारस खड्का, नन्दन यादव र सोनु देवकोटाले एक/एक विकेट लिएका थिए।
बागमतीका ओपनर आकाश थापा र ज्ञानेन्द्र मल्ल सुरूमै आउट भए। ज्ञानेन्द्र आउट हुँदा बागमती ११/२ को स्थितिमा थियो। त्यसपछि पारसले बागमतीको इनिङ सम्हालेका थिए।
पारसले इशान पाण्डेसँग तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे। इशान २६ रन जोडेर पवेलियन फर्किए। लगत्तै पृथु बास्कोटा पनि १२ रन बनाएर आउट भए।
त्यसपछि पारसले आदिल खानसँग पाँचौं विकेटका लागि ७६ रनको साझेदारी गरे। आडिलले २१ रन बनाए। त्यसपछि पारसले विपिन आचार्यसँग छैटौं विकेटका लागि ३३ रनको साझेदारी गरे।
पारस आउट हुँदा बागमती २०८/६ को स्थितिमा थियो। पारस खड्काले एक सय ३३ बलमा ११ चौका र दुई छक्कासहित एक सय १९ रन बनाए।
विपिन पनि नौ रन बनाएर पवेलियन फर्किए। सोनु देवकोटोले आठ तथा रामनरेश गिरीले दुई रन बनाउँदा नन्दन यादव ४२ रनमा अविजित रहे। नन्दले २५ बलमा पाँच चौका र एक छक्का प्रहार गरे।
त्रिभुवन आर्मी क्लवका सोमपाल कामीले पाँच विकेट लिँदा विक्रम सोब, जितेन्द्र मुखिया र शाहव आलमले एक/एक विकेट लिए। सोमपालले १० ओभरमा ६५ रन दिएर पाँच विकेट लिएका हुन्।
प्रतियोगितामा बागमती चार खेलमध्ये दुईमा विजयी हुँदा दुईमा पराजित भयो। त्यस्तै आर्मीले भने चार खेलमध्ये एकमा जित र तीन हारसहित प्रतियोगिताको अन्त्य गरेको छ।
प्रतियोगितामा यसअघि नै नेपाल पुलिस क्लव र सशस्त्र प्रहरी (एपीएफ) क्लव फाइनल प्रवेश गरेका छन्।