काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत आज भएको खेलमा सातदोबाटो युथ क्लबले आरसीटीलाई १-० ले पराजित गरेको छ। सातदोबाटोको जितमा माल्दिना आङथुपोले गरेको एक मात्र गोल निर्णायक बन्यो।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा माल्दिनाले ६६औं मिनेटमा गोल गरेका थिए।
सातदोबाटोको यो नवौं जित हो। २८ अंकसहित लिगको शीर्ष स्थानमा रहेको सातदोबाटो ११ खेलमध्ये एउटामा मात्र पराजित भएको थियो। सातदोबाटोले एक खेल बराबरी खेलेको थियो।
सातदोबाटो यसअघि नै ‘ए’ डिभिजनमा उक्लिसकेको छ।
आरसीटीको भने यो चौथो पराजय हो। आरसीटी लिगका ११ खेलमध्ये तीन खेलमा विजयी हुँदा चार खेल बराबरी खेलेको थियो। लिगमा आरसीटी १३ अंकसहित आठौं स्थानमा रहेको छ।
" /> काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत आज भएको खेलमा सातदोबाटो युथ क्लबले आरसीटीलाई १-० ले पराजित गरेको छ। सातदोबाटोको जितमा माल्दिना आङथुपोले गरेको एक मात्र गोल निर्णायक बन्यो।ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा माल्दिनाले ६६औं मिनेटमा गोल गरेका थिए।

">