काठमाडौं। पारस खड्काले शतक बनाएपछि बागमती प्रदेशले आज काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई दुई सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
पारसले एक सय १९ रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बागमती प्रदेशले ४९.४ ओभरमा सबै विकेट गुमाएर दुई सय ६६ रन बनाएको छ।
बागमतीका ओपनर आकाश थापा र ज्ञानेन्द्र मल्ल सुरूमै आउट भए। ज्ञानेन्द्र आउट हुँदा बागमती ११/२ को स्थितिमा थियो। त्यसपछि पारसले बागमतीको इनिङ सम्हालेका थिए।
पारसले इशान पाण्डेसँग तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे। इशान २६ रन जोडेर पवेलियन फर्किए। लगत्तै पृथु बास्कोटा पनि १२ रन बनाएर आउट भए।
त्यसपछि पारसले आडिल खानसँग पाँचौं विकेटका लागि ७६ रनको साझेदारी गरे। आडिलले २१ रन बनाए। त्यसपछि पारसले विपिन आचार्यसँग छैटौं विकेटका लागि ३३ रनको साझेदारी गरे।
पारस आउट हुँदा बागमती २०८/६ को स्थितिमा थियो। पारस खड्काले एक सय ३३ बलमा ११ चौका र दुई छक्कासहित एक सय १९ रन बनाए।
विपिन पनि नौ रन बनाएर पवेलियन फर्किए। सोनु देवकोटोले आठ तथा रामनरेश गिरीले दुई रन बनाउँदा नन्दन यादव ४२ रनमा अविजित रहे। नन्दले २५ बलमा पाँच चौका र एक छक्का प्रहार गरे।
त्रिभुवन आर्मी क्लबका सोमपाल कामीले पाँच विकेट लिँदा विक्रम सोब, जितेन्द्र मुखिया र शाहव आलमले एक/एक विकेट लिए। सोमपालले १० ओभरमा ६५ रन दिएर पाँच विकेट लिएका हुन्।
" /> काठमाडौं। पारस खड्काले शतक बनाएपछि बागमती प्रदेशले आज काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई दुई सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।पारसले इशान पाण्डेसँग तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे। इशान २६ रन जोडेर पवेलियन फर्किए। लगत्तै पृथु बास्कोटा पनि १२ रन बनाएर आउट भए।

">