काठमाडौं। शाई होप र इभिन लेविसले पहिलो विकेटका लागि एक सय ४३ रनको साझेदारी गरेपछि वेष्ट इन्डिजले गएराति श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेट प्रतियोगितामा आठ विकेटको विजय हालिस गरेको छ।
सर भिभियन रिचार्ड्स रंगशालामा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। पाहुना टोली श्रीलंकाले ४९ ओभरमा सबै विकेट गुमाएर दुई सय ३२ रन बनायो। दुई सय ३३ रनको लक्ष्य वेष्ट इन्डिजले ४७ ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो।
एक सय ३३ बलमा १२ चौका र एक छक्कासहित एक सय १० रन बनाएका होपले ओपनर लेविससँग पहिलो विकेटका लागि एक सय ४३ रनको साझेदारी गरेका थिए।
लेविस ६५ रन बनाएर आउट भए। उनले ९० बलमा चार चौका र दुई छक्का प्रहार गरे। त्यसपछि होपले डारेन ब्राभोसँग दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे।
ब्राभो ३७ रनमा अविजित रहे। जसोन मोहम्मदले अविजित १३ रन बनाए। श्रीलंकाका दुशमान्था चमीराले दुई विकेट लिए।
त्यसअघि श्रीलंकाका लागि ओपनरद्धय धनुस्का गुनथिलका र दिमुथ करुणारत्नेले पहिलो विकेटका लागि एक सय ५ रनको साझेदारी गरेका थिए। गुनथिलकाले ५५ रन बनाए भने कप्तान करुणारत्नेले ५२ रन बनाए। गुनथिलका र करुणारत्ने आउट भएपछि श्रीलंकाले निरन्तर विकेट गुमायो।
अशेन बन्दराले ५०, दिनेश चण्डीमलले १२ र लक्षन सन्दाकनले अविजित १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
वेष्ट इन्डिजका जसोन होल्डर र जासेन मोहम्मदले समान दुई विकेट लिए। अल्जारी जोसेफ, करिन पोलार्ड र फबियन एलेनको नाममा १÷१ विकेट रह्यो।