काठमाडौं। केभिन डी ब्रुयना र रियाद माहरेजले समान दुई गोल गरेपछि म्यानचेस्टर सिटीले गएराति साउथह्याम्पटनमाथि ५–२ ले पराजित गरेको छ।
जितसँगै सिटीले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा १४ अंकको अग्रता लिएको छ।
आइतबारराति शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडसँग २–० ले पराजित भएपछि सिटीको २१ खेलसम्मको विजयी यात्रामा पूर्णविराम लागेको थियो। तर गएराति फेरि सिटीले विजयी नतिजा निकाल्न सफल भएको छ।
सिटीले घरेलु मैदानमा केभिन डी ब्रुयनाको गोलबाट १५ औं मिनेटमा अग्रता लिएको थियो। २५औं मिनेटमा साउथह्याम्पटनका जेम्स वार्ड–प्रोउजले पेनाल्टीमा बराबरी गोल फर्काए।
४०औं मिनेटमा माहरेजको गोलबाट सिटीले पुनः अग्रता लियो। पहिलो अन्तिम मिनेटमा इल्के गुन्डोगनले सिटीको अग्रता बढाए। ५५औं मिनेटमा माहरेजले अर्को गोल थपेपछि सिटीले अग्रता बढायो।
५६औं मिनेटमा चे एडमको गोलबाट साउथह्याम्पटनले पूनरागमनको प्रयास गरे पनि सफल हुन सकेन। ५९औ मिनेटमा डी ब्रयनाले अर्को गोल थपेपछि सिटीले सहज विजय हासिल गर्यो।
जितसँगै सिटीले २९ खेलबाट ६८ अंक जोडेको छ। जुन दोस्रो स्थानको युनाइटेड भन्दा १४ अंकले अगाडि हो। तथापि युनाइटेडले एक खेल कम खेलेको छ।