काठमाडौं। बार्सिलोना १४ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ।
गएराति फ्रान्सेली पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग दोस्रो लेगमा १–१ को बराबरी खेलेपछि समग्रमा ५–२ ले पराजित हुदै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो।
पहिलो लेगमा ४–१ ले पछि परेको बार्सिलोना २०१६÷१७ को जस्तै नतिजा निकाल्ने विश्वासका साथ पेरिस पुगेको थियो। तर पेरिसमा बार्सिलोनाले पुरानै नतिजा दोह¥याउन सकेन। पार्क डी प्रिन्स रंगशालामा पीएसजीले ३१औं मिनेटमा अग्रता लियो। काइलियन एमबाप्पेले पेनाल्टीमा गरेको गोलबाट पीएसजीले अग्रता लिएको हो।
माउरो इकार्डीलाई क्लेमेन्ट लेङलेटले फाउल गरेपछि पीएसजीले पेनाल्टी अवसर पाएको थियो। जसलाई एमबाप्पेले कुनै गल्ती नगरी गोलमा परिणत गरे। च्याम्पियन्स लिगमा एमबाप्पेलेको यो २५औं गोल हो। उनले २२ वर्ष ८० दिनको उमेरमा २५ गोल गरे।
यससँगै उनी कान्छो उमेरमा २५ गोल गर्ने खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान मेसीको नाममा थियो। मेस्सीले २२ वर्ष २८६ दिनको उमेरमा २५ गोल गरेका थिए।
३७औं मिनेटमा मेसीले बराबरी गोल फर्काए। पहिलो हाफको अन्तिममा मेस्सी पेनाल्टीमा गोल गर्न चुक्दा बार्सिलोनाले अग्रता लिने मौका गुमायो। एन्टोइन ग्रिजमनलाई पीएसजीका रक्षक लेभिन कोर्जुवाले फाउल गरेपछि बार्सिलोनाले पेनाल्टी अवसर पाएको थियो। मेस्सीले हानेको प्रहारलाई पीएसजीका गोलकिपर केलर नाभासले बचाइदिएका थिए।
२०१६÷१७ को सिजन बार्सिलोना पीएसजीसँग अन्तिम १६ को पहिलो लेगमा ४–० ले पराजित भएको थियो। तर दोस्रो लेगमा ६–१ को नतिजा निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको थियो। तर यस पटक बार्सिलोना त्यो नतिजा निकाल्न असफल भयो।
२००६÷०७ को सिजनपछि बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्न असफल भएको यो पहिलो पटक हो। त्यतिबेला बार्सिलोना लिभरपुलसँग पराजित हुदै अन्तिम १६ बाट बाहिरिएको थियो। त्यसपश्चात बार्सिलोना लगातार १३ वर्ष च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको थियो।