काठमाडौं। ग्रेट हिमालय क्रिकेट एकेडेमी र एन्जल्स हार्ट एकेडेमीले नेपाल-पाकिस्तान फ्रेन्डसिप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्।
धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले आरएस विद्यापीठ एकेडेमीलाई पाँच विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।
ग्रेट हिमालयले समूह ‘सी’ को शीर्ष स्थानमा रहँदै अन्तिम चारमा स्थान बनाएको हो। आजै अर्को खेलमा एन्जल्स हार्ट स्कुल अफ क्रिकेटसँग आठ रनले पराजित भए पनि नेट रन रेटका आधारमा समूह ’डी’ बाट सेमिफाइनल स्थान बनाउन सफल भयो।
टस हारेर ब्याटिङका लागि निम्त्याएको आरएस विद्यापीठले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय ५३ रन बनायो। एक सय ५४ रनको लक्ष्य ग्रेट हिमालयले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो।
आरएस विद्यापीठका लागि विजय गौतमले सबैभन्दा धेरै ७५ रन बनाए। अमृत थापाले ४२ रन बनाए। ग्रेट हिमालयका विज्ञान गौतमले सर्वाधिक तीन विकेट लिए। मोहम्मद हुसैन र सुशान्त तिमिल्सिनाले समान दुई विकेट लिए।
एक सय ५४ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयका हेम्पन्त श्रीवास्तवले ५१ रन बनाए। संगीत बुढाथोकीले ४२ रन बनाए। आरएस विद्यापीठका अनुपम पाण्डेले दुई विकेट लिए।
दोस्रो खेलमा स्कुल अफ क्रिकेट आठ रनले विजयी भयो।
सर्वोच्च बस्नेतले ५८ रन बनाएपछि टस हारेर ब्याटिङ गरेको स्कुल अफ क्रिकेटले निर्धारित २० ओभरमा एक सय ६४ रन बनाएको थियो। एन्जल्स हार्टका निवस कुँवरले तीन विकेट लिए।
एक सय ६५ रनको लक्ष्य पछ्याएको एन्जल्स हार्ट क्लबले एक सय ५६ रनमात्र बनाउन सक्यो। एन्जल हार्टबाट मेघराजले सर्वाधिक ३९ रन बनाए। स्कुल अफ क्रिकेटका साकार अर्याल र समिरले समान तीन/तीन विकेट लिए।
" /> काठमाडौं। ग्रेट हिमालय क्रिकेट एकेडेमी र एन्जल्स हार्ट एकेडेमीले नेपाल-पाकिस्तान फ्रेन्डसिप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्।धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले आरएस विद्यापीठ एकेडेमीलाई पाँच विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

">