काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत आज भएको खेलमा नयाँबस्ती युथ क्लवले पुल्चोक स्पोर्टस् क्लबलाई २-१ ले पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा नयाँबस्तीले १९औं मिनेटमा अशोक तामाङको गोलबाट अग्रता लिएको थियो। ५७औं मिनेटमा सिरबलो तामाङले पुल्चोकका लागि बराबरी गोल फर्काए।
नयाँबस्तीका विवेक गुरुङले ६१औं मिनेटमा गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए। त्यसपछि दुवै टिमबाट गोल हुन नसक्दा विवेकको गोल नै नयाँबस्तीको जितमा निर्णयक बन्यो।
जितसँगै नयाँबस्ती १५ अंकसहित लिगको छैटौं स्थानमा उक्लिएको छ। नयाँबस्ती लिगका ११ खेलमध्ये पाँचमा विजयी हुँदा पाँच खेलमा नै पराजित भएको थियो। नयाँबस्तीले एक खेल बराबरी खेलेको थियो।
लिगको अन्तिम स्थानमा रहेको पुल्चोकको यो आठौं हार हो। लिगका ११ खेलमध्ये एक खेलमा जित र दुई खेल बराबरी खेलेको पुल्चोकको पाँच अंक रहेको छ।