काठमाडौं। रेन्जर्सका प्रशिक्षक स्टेभन जेरार्डले लिभरपुलको प्रशिक्षक बन्नु सपना रहेको बताएका छन्। तर, उनले हालका प्रशिक्षक योर्गान क्लोप अझै लामो समय लिभरपुलको प्रशिक्षकमा रहने बताएका छन्।
इङ्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुल घरेलु मैदानमै लगातार छ खेलमा पराजित भएको छ। यससँगै लिभरपुल शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भवना पनि कमजोर बन्दै गएको छ।
लिभरपुलका पूर्वकप्तान जेरार्डले आफ्नै प्रशिक्षणमा रेन्जर्सलाई १० वर्षपछि स्कटल्यान्ड प्रिमियरसिपको उपाधि जिताएका थिए। जेरार्डले एक दिन आफू लिभरपुलको प्रशिक्षक बन्ने बताएका छन्।
“लिभरपुलका समर्थकले मलाई प्रशिक्षकका रूपमा चाहेका छैनन्,” जोरार्डले भने, “उनीहरू क्लोपलाई नै लिभरपुलको प्रशिक्षकमा निरन्तरता दिन चाहन्छन्। र, म पनि उनीहरूकै साथमा छु। हामी यसबारे कुरा नगरौं। हाम्रो क्लबलाई विश्वकै उत्कृष्टमध्ये एकले नेतृत्व गरिरहेका छन्। म उनको प्रशंसक हुँ। र, मलाई आशा छ उनी अझै धेरै वर्ष लिभरपुलमा बस्ने छन्।”
४० वर्षीय जेरार्डले लिभरपुलका लागि सात सय १० खेल खेलेका थिए। उनले रेन्जर्सको प्रशिक्षकका रूपमा नियुक्त हुनुपूर्व लिभरपुलको युवा टोलीलाई प्रशिक्षण दिएका थिए।
क्लोप आफैंले पनि जर्मनीको प्रशिक्षक जोचिम लोउलाई प्रतिस्थापन गर्ने कुरालाई अस्वीकार गरे। लोउले युरोपा लिगपछि जर्मनीको प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका छन्। लिभरपुलसँग क्लोपले २०२४ सम्मका लागि सम्झौता गरेका छन्।
जर्मनीका क्लोपको प्रशिक्षणमा लिभरपुलले २०१९ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो। उनले लिभरपुललाई ३० वर्षपछि प्रिमियर लिगको उपाधि पनि दिलाएका थिए। तर, जारी सिजन भने लिभरपुल प्रिमियर लिगको आठौं स्थानमा रहेको छ। जुन शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा २२ अंकले पछाडि हो।
१९५३÷५४ पछि लिभरपुलले घरेलु मैदानमा लगातार छ खेलमा पराजित भएको थिएन।
“लिभरपुल मेरो क्लब हो,” जेरार्डले थपे, “लिभरपुलमा मेरो उत्कृष्ट यात्रा रहेको थियो। हो, कुनै दिन लिभरपुलको प्रशिक्षक बन्ने मेरो सपना हो, तर अहिले होइन। र, कसले भन्न सक्छ कि म त्यसका लागि सक्षम हुन्छु भनेर?”
" /> काठमाडौं। रेन्जर्सका प्रशिक्षक स्टेभन जेरार्डले लिभरपुलको प्रशिक्षक बन्नु सपना रहेको बताएका छन्। तर, उनले हालका प्रशिक्षक योर्गान क्लोप अझै लामो समय लिभरपुलको प्रशिक्षकमा रहने बताएका छन्।इङ्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुल घरेलु मैदानमै लगातार छ खेलमा पराजित भएको छ। यससँगै लिभरपुल शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भवना पनि कमजोर बन्दै गएको छ।

">