काठमाडौं–११ ले आज पहिले बलिङ गर्ने

काठमाडौं। सन्दीप लामिछाने कप्तान रहेको काठमाडौं–११ ले आज नेपाल पुलिस क्लबविरुद्ध पहिलो बलिङ गर्ने भएको छ।

काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा काठमाडौं–११ का कप्तान सन्दीपले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्।

काठमाडौं–११ को यो तेस्रो खेल हो। नेपाल पुलिस क्लबको भने यो चौथो खेल हो। पुलिस क्लब चार अंकका साथ शीर्ष स्थानमा छ। काठमाडौं–११ ले दुई अंक जोडेको छ।

पाँच टिम सम्मिलित प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहने दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।